Advertisement
Advertisement
Advertisement

गण्डकीका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा रहेका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

Advertisement

केन्द्रमा माओवादीले कांग्रेसका मन्त्री बर्खास्त गरेर नयाँ गठबन्धन बनाएपछि पाण्डेले दुई मन्त्रीलाई मंगलबार बर्खास्त गरेका हुन् ।

पाण्डेले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । दुवै मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

सात सदस्यीय गण्डकीको मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित पाँच जना कांग्रेसका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *