दाङको तुलसीपुरमा जारी होलि फेस्टिबलमा गायिका समीक्षा अधिकारी कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् ।
शनिबार तुलसीपुरको अरनिको मैदानमा समिक्षा अधिकारीको प्रस्तुती रहने तय भएको थियो । प्राकृतिक कला केन्द्र तुलसीपुरले होलि पर्बको अबसरमा आयोजना गरेको होलि फेस्टिबल २०८० चैत ९ गते देखि सुरु भएको कार्यक्रममा समिक्षा अधिकारी आउने थाहा पाएपछि २३ जना दर्शकले मात्र टिकट काटेका थिए । तर दर्शक नभएको भन्दै समीक्षा स्टेज चढ्न नमानेर उनी फर्किएको आयोजकले जानकारी दिएको छ ।
केहि समय अगाडि गायिका समीक्षा अधिकारी र दाङकै एक नायकको विषयलाई लिएर दाङ जिल्लामा गायिका अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । यहीँ बीचमा पनि उनी दाङ आएको तर कुनै पनि दर्शक उनी आउने कार्यक्रममा सहभागी नहुनुले उनीलाई साँच्चिकै दंगाली दर्शकले बहिष्कार गरेको बुझ्न सकिन्छ ।
कार्यक्रममा कुनै दर्शक सहभागी नभएपछि गायिका स्टेजमा गइनन् तर आफूहरुले पारिश्रमिक भने दिएर काठमाडौं फर्काएको आयोजकले जानकारी दिएको छ ।
प्राकृतिक कला केन्द्र तुलसीपुरले आयोजना गरेको उक्त कार्यक्रम १२ गते सम्म चल्ने छ ।





