Advertisement
Advertisement
Advertisement

प्युठानको नौबहिनी गाउँपालिकाको कक्षा ८ को नतिजामा ११ प्रतिशत मात्रै उत्तीर्ण


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

प्युठानको नौबहिनी गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार जम्मा परीक्षार्थीमध्ये करिब ११ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी भएका १८ विद्यालयका ७४३ जना विद्यार्थीमध्ये जम्मा ८१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कक्षा ५ र ८ को परीक्षा व्यवस्थित गर्न र सिकाइ गुणस्तर उकास्न प्रयास भइरहेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहराले बताए । उनले भने ‘हामीले परीक्षा व्यवस्थित गराउन र सिकाइ गुणस्तर बढाउन अलि कडाइ गरिरहेका छौं । अर्को वर्षदेखि नतिजामा सुधार आउँछ ।’

गाउँपालिकाले दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको शाखा प्रमुख मेघराज बोहराले बताए । उनका अनुसार ४१० जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

बुधबार परीक्षाको नतिजा सार्वजनिक गरेको गाउँपालिकाले ७ दिनभित्र ६ र ७ वैशाखमा हुने ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फारम भर्न सूचित गरेको छ । साथै नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योगको लागि ५ दिनभित्र शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नौबहिनीले चैत १ देखि ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । सरकारले गत वर्षदेखि विद्यालय तहमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू गरेको छ । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ ।
त्यस्तै कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा माथिल्लो कक्षा पढ्न पाउँदैनन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *