लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । शुक्रबार एमाले लगायत दलहरूको समर्थनमा महराले सरकार बनाउने दाबी प्रदेश प्रमुख अमिक शेरचनममक्ष पेस गरेका थिए ।

Advertisement

त्यसपछि प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । महराले एमाले, जसपा, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ४८ जना सांसदको समर्थनसहित सरकार बनाउने दाबी पेस गरेका थिए ।

महरा कांग्रेसका डिल्लीबहादुर चौधरीको सरकार ढलेपछि मुख्यमन्त्री बनेका हुन् । महराले आइतबार शपथ ग्रहण गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *