Advertisement
Advertisement
Advertisement

तुलसीपुरको डिभाईन टेम्पलले गर्यो आमाहरुको सम्मान

तुलसीपुरमा रहेको डिभाईन टेम्पल एकाडेमीमा “आमा सम्मान” कार्यक्रम गरिएको छ । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा एकाडेमीले अभिभावक आमाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै एकाडेमीका प्रीन्सिपल भोजराज न्यौपानेले आमाको अतुलनीय योगदानको उच्च कदरभाव प्रकट गर्दै सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । जीवनमा आमाको महिमा अपरम्पार र अतुलनीय रहेको बताउँदै आमाको योगदानलाई कहिल्यै भुल्न नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा एकाडेमीका संस्कार संयोजक माधवा शर्माले मातृ देवो भव: पितृ देवो भव: आचार्य देवो भव: भन्ने भाव सम्प्रेषण गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जीवनमा आमाको भूमिकाको बयान गर्न नसकिने भन्दै जननीलाई सन्ततिले सधैं कदर गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सम्पूर्ण आमाहरुलाई आ-आफ्ना छोराछोरीले खादा ओढाएर तथा मिठो परिकार खान दिएर सम्मान गरेका थिए । यसैगरी अभिभावक आमाले पनि एकाडेमीले गरेको सम्मानप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

कार्यक्रममा विद्यार्थी हरुलेआमाप्रति श्रद्धा भाव प्रकट गर्दै विभिन्न नृत्य, गीत, कविता, नाटक आदि प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा कक्षा १० की छात्रा अन्जली डाँगी र कक्षा ६ का छात्र सौगात केसीले मन्तव्य राखेका थिए ।

एकाडेमीका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक प्रकाश भट्टराईले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालण छात्र सचिन शाह र छात्रा सुस्मिता चौधरीले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *