Advertisement
Advertisement
Advertisement

मेरिगोल्डका विद्यार्थीले मतदान गरेर चुने क्रियटिभ ग्रुप

Advertisement
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित श्री मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको क्रियटिभ ग्रुप तथा क्याप्टेन छान्न निर्वाचन आयोजना गरेको छ । कक्षा ५ देखि १० सम्मका ४०९ विद्यार्थी मध्ये निर्वाचान मार्फत ११ जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् ।
विद्यालयले बालबालिकाको नेतृत्व विकासका लागि विभिन्न विभिन्न सदन विभाजन, क्लब विभाजन तथा कक्षाकोठाभित्र विद्यार्थीले निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाका आधारमा नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।
विभिन्न कक्षाका क्याप्टेन पदका लागि इच्छुक विद्यार्थीमध्येबाट मतदान गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले बताउनुभयो । यसो गर्दा विद्यार्थीमा आत्मविस्वास बढ्ने तथा नेतृत्व क्षमताको विकास हुने उहाले बताउनुभयो ।
“यति साना उमेरका विद्यार्थीले एक छिन जानकारी दिएकै भरमा चुनावमा सहभागी हुन सक्ने रहेछन भन्ने त मैले सोचेकै थिएन” विद्यार्थीको चुनाव सहजीकरण गरेका मतदान अधिकृत शिक्षिका रश्मी लामिछानेले बताउनुभयो “ आफूलाई मन परेको उम्मेदवारलाई मत पेटिकामा छाप हालेर भोट दिंदै गर्दा यी विद्यार्थीले भोलि देशमा सही नेता छान्न सक्ने रहेछन भन्ने विस्वास पलाएको छ ।
निर्वाचन बाट मेरिगोल्ड क्रियटिभ ग्रुपको अध्यक्षमा ललित के.सी निर्बाचित भएका छन त्यस्तै ,उपाध्यक्षमा बसन्त वली , सचिवमा विशाखा भण्डारी , सह सचिव सुजल श्रेष्ठ ,कोषाध्यक्ष सम्रार वली , सह कोषाध्यक्ष सुवर्ण पोखेल , सांस्कृतिक संयोजक करुणा क्ली खेलकुद संयोजक सूजना बुढा‌थोकी साहित्यिक संयोजक आभाष पोख्रेल , कक्षा छ वाट सदस्य पार्शवी बिष्ट र कक्षा ७ बाट सदस्य आरोग्य रिजाल निर्बाचित भएको बिद्यालयले जनाएको छ ।
निर्वाचित विद्यार्थीलाई खादा र अबीर लगाएर जिम्मेवारी हस्तान्तरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले बताउनुभयो ।
विद्यार्थी भाइबहिनीहरुमा नेतृत्व विकास, व्यक्तित्व विकास, क्षमता अभिवृद्धिका साथै प्रजातान्त्रिक अभ्यास गराउदै विजय र पराजयजस्ता कुराहरु बुझाउने र सामाजिक जीवन शैलीलाई मनन गराउने उद्देश्यले विगत लामो समयदेखि निरन्तर रुपमा गराउदै आएको मेरिगोल्ड क्रियटिभ ग्रुपको यस वर्षको नयाँ कार्यसमितिको निर्वाचन जेठ ११ गते गरिएको उहाले बताउनुभयो।
विद्यालयले यससंगै क्रियाकलापमा आधारित सिकाइ क्रियाकलाप, रुपान्तरणमुखी सिकाइ कार्यक्रम लगायत संचालन गर्दै आएको छ ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *