Advertisement
Advertisement
Advertisement

मेरिगोल्ड बोर्डिङले गर्यो गणेशपुर पार्कमा सरसफाइ


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
दाङको तुलसिपुरमा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलले राप्ती शान्ति उद्यान ( गणेशपुर पार्क )परिसर वरपर सरसफाई गरेको छ । आज बिश्व वातावरण दिबसको अबसरमा सरसफाइ कार्यक्रम गरिएको हो ।
मेरिगोल्ड बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक सोमराज बस्नेतको नेतृत्वमा राप्ती शान्ती उद्यान , लगाएत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा सरसफाइ गरिएको छ । सहायक प्र.अ. बस्नेतले राप्ती पार्कसँग विगतदेखि पनि सहकार्य गर्दै विभिन्न कार्यक्रम गरिएको र हालसम्म सह‌कार्य रहेको र भविष्यमा पनि पार्कलाइ सुन्दर , हरियाली बनाउन सहकार्य गरेर अगाडि बढ्ने कुरा बताउनुभयो ।
समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने उहाले बताउनुभयो ।
त्यस्तै राप्ती शान्ती उद्यानका व्यवस्थापक खिमराज विश्वकर्माले मेरिगोल्ड बोर्डिङले गरेको कार्य प्रती धन्यवाद व्यक्त गरे । साथै मानवको कार्यले गर्दा प्रदुषण बढेको र त्यही कारणले गर्दा जलवायु परिवर्तन जस्ता समस्या देखा परेको उहाले बताउनुभयो । यस समस्या समाधानमा हामी सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
फोहोर सवस्थापनको लागि डस्टबिन पनि बितरण गरिएको विद्यालयले जानकारी दिएको छ । आजको सरसफाइ कार्यक्रममा शिक्षक , शिक्षिका र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *