Advertisement
Advertisement
Advertisement

डिभाईन मन्टेश्वरीमा “समर क्याम्प”

तुलसीपुर स्थित डिभाईन मन्टेश्वरीमा “समर क्याम्प” गरिएको छ । गर्मी मौषमको विशेषता र यसबाट बच्ने उपायको बारेमा विद्यार्थिहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मन्टेश्वरीकी प्रीन्सिपल बिन्दु न्यौपानेले जानकारी दिनुभयो ।
Advertisement
कार्यक्रममा गर्मी बाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने क्रियाकलापहरु गरिएको थियो । त्यस्तै गर्मी बाट बच्न अपनाउनुपर्ने आवश्यक सावधानी र खानपानको बारेमा जानकारी गराईएको थियो । विद्यार्थीहरुले गर्मी मौषमको प्रभाव र स्वच्छ वातावरण सम्बन्धी विभिन्न चित्रकला प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुलाई विभिन्न मौषमी फलफूल, जुस लगायतका पेस पदार्थ खुवाईएको थियो भने यसले स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी गराईएको थियो ।
डिभाईन मन्टेस्वरीले बालबालिकाहरु लाई शिक्षा र संस्कार सँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिंदै आएको डिभाईन फाउन्डेसनका संस्थापक निर्देशक भोजराज न्यौपानेले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *