Advertisement
Advertisement
Advertisement

विज्ञान संकायतर्फ ज्ञानज्योतिको पश्चिम दाङमै उत्कृष्ट नतिजा

Advertisement

शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मा.वि. तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका मा.वि. मध्ये विज्ञान संकायमा अध्ययनरत सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा पराजुलीले ३ दशमलव ८८ जिपिए प्राप्त गरी विज्ञान संकायमा पश्चिम दाङमा उत्कृष्ट भएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार केसीले जानकारी दिए ।

त्यस्तै व्यवस्थापन संकायतर्फ सन्ध्या केसीले ३ दशमलव ८३ जिपिए , कानुन संकायतर्फ सविन बस्नेतले ३ दशमलव ६३ जिपिए प्राप्त गरी जिल्ला प्रथम र शिक्षा संकायतर्फ टेकमान कवरले ३ दशमलव ५३ जिपिए प्राप्त गरेका छन । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *