Advertisement
Advertisement
Advertisement

ज्ञानज्योतिमा यो बर्षदेखि बिबिए र बिएससी सिएसआइटी पढाइ हुने

Advertisement

दाङको तुलसिपुरमा रहेको ज्ञानज्योती कलेजमा यो बर्ष देखि बिबिए र बिएससी सिएसआइटी पढाइ हुने भएको छ । ज्ञानज्योती ले यो बर्ष देखि फार वेष्टर्न युनिभर्सिटीबाट बिबिए र बिएससी सिएसआइटी पढाउन पाउने सम्बन्धन प्राप्त गरेको हो ।

 बिबिए र बिएससी सिएसआइटी पढ्नका लागि जिल्ला जानु परिरहेको अवस्थालाई मध्यनजर गरी ज्ञानज्योती कलेजले यी बिषयहरु पढाउनको लागि सम्बन्धन प्राप्त गरेको ज्ञानज्योती फाउन्डेसनका सिइओ सुरेन्द्र जि सी जिसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
यी कार्यक्रमहरु ल्याउनका लागि बिगत १२ वर्षदेखि निरन्तर लागिरहेको र यसवर्ष सम्बन्धन प्राप्त गर्न सफल भएको जि सी ले बताउनुभयो ।

गुणस्तरिय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ र दक्ष जनशक्ति उत्पादन गर्न बिबिए र बिएससी सिएसआइटी पढाउन सुरु गरिएको सहायक प्रधानाध्यापक मनोज कुमार के सी ले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले ज्ञानज्योतिमा बिबिए र बिएससी सिएसआइटी संचालन भएसंगै पढ्नका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
बिबिए पढ्नका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट कम्तिमा सि ग्रेट प्राप्त गरेको हुनुपर्नेछ भने  बिएससी सिएसआइटी पढ्नका लागि सबै विषयमा कम्तीमा वा सी ग्रेट प्राप्त गरेको हुनुपर्ने छ ।

ज्ञानज्योतीमा कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको र स्नातक तहमा बिबिएस्, बिएस्सी, बिए र बिसीए समेत पढाइ हुँदै आएको छ ।

 

 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *