Advertisement
Advertisement
Advertisement

सहिद स्मृति आवासीय मा.विमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम

Advertisement

टेकराज भण्डारी/तुलसीपुर
सहिद स्मृति आवासीय माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं १७ वनकटिृमा कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भने मुल नाराका साथ कराते प्रशिक्षण एवं ग्रेडिङ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आठ औं दक्षिण एशियाली तथा ५६ औं राष्ट्रिय कराते प्रतियोगिताको लागि भएको राष्ट्रिय छ्नौटमा तृतीय स्थान हासिल गर्ने राष्ट्रिय खेलाडी कुमार चपाइ लाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक नारायण पाैडेलले अध्क्षयता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर वलीकाे प्रमुख आतिथ्यता तथा कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत बिशिस्ट आथित्यतामा भयको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद आबस्यक रहेको बताएका हुन् । खेलले आफ्नो देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्छ भने मानव जीवनमा खेलले अनुशासित बनाउन प्रेरित गर्ने उक्त वक्ताहरुको भनाई रहेको थियो।

बरिस्ठ प्रशिक्षक नेपाल गोजुरियो कराते संघका केन्द्रिय सदस्य बिरेन्द्र बि.कले भने “कराते महत्त्वपूर्ण खेल हाे । याे खेल एउटा यस्तो खेल हाे, यसले मानिसलाई अनुशासनमा बस्न सिकाउँछ उहाँले भन्नु भयो। याे खेल खेल्दा मानिसहरू स्वस्थ रहन्छन् । शारीरिक कसरत हुन्छ । मानसिक अवस्था कम भएका मानिस हरूलाई पनि यस खेलले सन्तुलनमा ल्याउने मद्दत गर्छ । शारीरिक कसरत हुन्छ । मानसिक अवस्था कम भएका मानिस हरूलाई पनि यस खेलले सन्तुलनमा ल्याउन मद्दत गर्ने प्रमुख प्रशिक्षक विक ले बताउनु भयो ।


विद्यालयमा देशका १६ जिल्लाका विद्यार्थी हरुले अध्ययन गरिरहेका छन् । जनयुद्दमा घाइते बेपत्ता तथा सहिद हरुका छोरा छोरीहरूले अध्यन्न गरेको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा कराते महासंघ लुम्बिनी प्रदेश सदस्य निशाना रोका मगर, गोजुरियो कराते संघ लुम्बिनी प्रदेश सचिब तारा बहादुर वलि, सिनियर प्रशिक्षक हुम बहादुर परियार, कराते संघ दाङ उपाध्यक्ष तथा सितोरियो कराते संघ प्रदेश सदस्य मधुसूदन घर्ती, कराते महासंघ लुम्बिनी प्रदेश सदस्य सिनियर खेलाडी देउचन के.सि, प्रशिक्षकहरु-समीर चौधरी,कुमार चपाइ,बिजय घर्ती र टार्जन बुढाथोकी लगायतका सहभागी थिए ।कार्यक्रमकाे संचालन सिनियर खेलाडी बलदिप खत्रीले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *