Advertisement
Advertisement
Advertisement

शिक्षा भित्र भ्रष्टाचार

Advertisement
राकेश सी
अखिल (समाजवादी) केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष
प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो ।
शिक्षा भनेको मानिसको आन्तरीक शक्तिको स्वाभाविक, सर्वाङ्गीण र प्रगतिशिल विकास हो।
“शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।”
ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। तर हाम्रो शिक्षा अथवा नेपालको शिक्षा भित्र धेरै माफिया शिक्षक भित्र माफिया अथवा शिक्षा चलाउने मान्छे नै माफिया देखिन्छन् । शिक्षालाई ब्यापारीकरण गरिएको छ।त्यति मात्र नभएर शिक्षा क्षेत्रमा भएका मान्छे वा सरल तरिकाले भन्नू पर्दा शिक्षा चलाउने मान्छेले शिक्षालाई सीप सङ्ग र सीप लाई उत्पादन सङ्ग जोड्न सक्ने वातावरण बनाइदिन सकेकाछैनन।अझ झन भ्रस्टाचार व्यापक ढंगले मच्चाइरहेका छन। निःशुल्क शिक्षा भनी कानुनी व्यवस्था भए पनि भर्ना, धरौटी, चन्दा, सहयोग आदि नाममा शुल्क लिनु ।
निजी विद्यालयहरूले कानुनमा तोकिएको भन्दा बाहेक अतिरिक्त शीर्षक (भवन, शैक्षिक सामग्री, चिट्ठा, कोचिङ, ट्युसन आदि) र अधिकतम शुल्क मनोमानी ढंगबाट लिनु ।
कक्षामा तोकिएको पूरा समयसम्म राम्रोसँग नपढाउने तर अतिरिक्त शुल्क लिएर विद्यार्थीलाइ कोचिङ, ट्युसनमा पढ्न बाध्य बनाउनु ।
विद्यार्थीलाई ड्रेस, टाई, बेल्ट, कापी, किताबलगायतका सामग्री स्वतन्त्र रूपमा बजारमा किन्न नदिएर विद्यालय स्वयं वा तोकेको पसलबाट किन्न बाध्य पार्नु ।
विद्यमान शिक्षा ऐन नियमले तोकेको सेवा–सर्त (भवन, खेल मैदान, पिउने पानी, शौचालय, शिक्षक, कर्मचारी आदि) को सम्मुचित व्यवस्था नगरी विद्यालय सञ्चालन गर्नु/गराउनु ।हुदा हुदा जवजस्त ढंगले शिक्षालाई निजीकरण सङ्ग जोडिएको छन।अङ्ग्रेजी बोर्डिङहरू जबरजस्ती चलाइएका छन् । नीतिगत भ्रष्टाचारले व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय र मानवीय हिसाबमा प्रतिकूल प्रभाव पार्छ । हाम्रो सन्दर्भमा पनि कालक्रमिक नीतिगत निर्णायका घटनाक्रम र त्यसले सामाजिक जीवन एवं जनमानसमा परेको प्रभावसमेत विश्लेषण गर्दा नीतिगत भ्रष्टाचारबाट सामाजिक विकास र न्यायमूलक वितरण प्रणालीमा नकारात्मक प्रभाव र असर पर्छ ।
माध्यामिक तहसम्म चार हजार रुपियाँ दिएर पढाउन बाध्य पारिएका स्नातकोत्तर शिक्षित पनि भेटिन्छन् । प्रतिभाशाली भएर पनि आर्थिक अवस्था कमजोर हुनुबाट अभिशप्त स्नातकोत्तर उत्तीर्णहरूका लागि बेरोजगारी भत्ताको प्रबन्ध नगर्ने हो भने एकातिर निजी संस्थाबाट सताइएका र अर्कातिर राज्यको निरन्तर उपेक्षा भोगिरहेका युवाका अगाडि विद्रोहको विकल्प रहने छैन । शिक्षित बेरोजगारीले यही गतिमा तीव्रता पाइरहने हो भने निकट भविष्यमै ठूलै अराजकता या ठूलै सङ्गठित विद्रोहको सामना शासकहरूले गर्नुपर्नेछ । औपचारिक शिक्षाबाट बञ्चित भएकाहरूको भीड र बलमा देश चलाउने सपना देख्ने राज्यको मानसिकता र छात्रवृत्ति दिएर पढाएकाहरू विदेश पलाएन हुने विकृत संस्कृतिले मुलुकको विनाशमात्र गर्ने छ । राज्य र नेता जनताप्रति जिम्मेवार हुनुपर्छ । जेष्ठ नागरिक भत्ताको सट्टामा सबैलाई रोजगार, सीप र व्यावसायिकता, सबैका सन्तानलाई एकै किसिमको शिक्षा, विद्यालयमा दिवा खाजा र पोषणयुक्त खाना, पोशाक, आधारभूत आवश्यकताका सामग्रीको उपलब्धता र कोही पनि आर्थिक समस्याका कारण पढाइबाट बञ्चित हुनु नपर्ने सुनिश्चित गर्नुपर्छ । राज्य नै अभिभावक हो भन्ने प्रत्याभूति बालबालिकामा हुन सकेमा र छात्रवृत्तिमा पढेकाहरू सरकारी नियम तथा सर्तमा जनसेवामा समर्पित हुने वातावरण भएमा मुलुक अवश्य समृद्ध हुने छ । तर कुशासनले भरिएको र पक्षपाती राजनीति तथा प्रशासनले नेपालको बर्बादीमात्र गरेको छ । शिक्षा चेतनशील शिक्षाको आधार नभएर लुट र शोषणको आधार भएको छ ।
नेपालभर मौलाएको निजीकरण ,माफियाकरण , व्यापारीकरण , दलालिकरण ,भ्रष्टिकरण ,अपरधिकरण औपनिवेशिकरण , तथा सामाजिक आर्थिक र राजनीतिक क्षेत्रका सम्पुर्ण विकृति विरुद्ध निर्मम संघर्ष गर्ने संकल्प सहित तथा प्रतिबद्धता सहित शिक्षाको पहुँच बाहिर रहनु भएका विद्यार्थीको पहुँच निर्माण शैक्षिक क्षेत्रमाहुने ,भ्रष्टाचार ,अनियमितता , घुसपैठ तथा नयाँ शैक्षिक सत्र सरुवात हुँदै गर्दा शिक्षा क्षेत्रमा हुने सम्पुर्ण चलखेल रोक्नका लागि हामी विद्यार्थीहरुले धेरै ठूलो संघर्ष छेड्न, आवश्यक छ।
यति मात्र नभएर अहिले नेपाल बाट विदेशीएका युवा विद्यार्थीहरुको सङ्ख्या धेरै रहेको छ।अझ झन छोरी मान्छेहरु धेरै अतालिनु परिरहेको छ।जाउ त विदेश जाउ नजाउ त नेपाल मा रोजगार छैन।अँाखा चिम्लेर भएपनी दु:ख सहेर भएपनि विदेशीन बाध्य छन।अब यो प्रविधिलाई रोख्नु पर्छ ।
नेपालमै केही गर्ने वातावरण बनाउनुपर्छ।यस्को बिकल्प भनेको यस्को शिक्षा प्रणालीको सट्टामा समाजवादी शिक्षा खडा गर्नु हो।अथवा नेपाललाई समाजवाद तिर लैजानु हो।किनकि समाजवादी शिक्षा भित्र धनी र गरिब भएकै कारण पढ्ने ठाउँ, विषय र तरिका फरक हुँदैन । यसमा नीतिगत मात्र होइन व्यवहारतः सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पहुँच कायम गरिन्छ । यो योजनाबद्ध तथा रणनीतिक उद्देश्यतर्फ परिलक्षित हुन्छ । आम नागरिकहरूलाई समाजवादी मूल्यद्वारा प्रशिक्षित गरिन्छ । समाजवादी सोच, चिन्तन, चेत, मनोविज्ञान र संस्कृतिद्वारा निर्देशित गरिन्छ । कुनै पनि नागरिकले पढ्ने अवसर नपाउनुको वस्तुवादी कारणहरूको राजकीयरूपमै खोजी गरिन्छ । यसको समाधनको उपायहरूमा गम्भीर छलफल हुन्छ । पुँजीवादमा पनि सबैलाई पढ्ने समान अवसर रहेको नीतिगत र ऐनगत व्यवस्था त गरिएको हुन्छ । तर महँगो हुनाले सबैले गुणस्तरीय शिक्षा लिन सक्दैन । यसमा राज्य बेखबर बस्छ।
समाजवादी शिक्षा भित्र अरु पनि व्यवस्था गरिएको हुन्छ।समाजवादी शिक्षा उत्पादन र श्रमसँग जोडिएको निःशुल्क शिक्षा पनि हो। यसले सिङ्गो समाजलाई विशाल विद्यालय बनाउन सक्नुपर्छ। बौद्धिक श्रम र शारीरिक श्रमबीचको भिन्नता कम गर्न सक्नुपर्छ। गाउँ र सहर, किसान र मजदुरबीचको भिन्नतालाई पनि कम गर्न सक्नुपर्छ।
समाजवादी शिक्षामा शिक्षा मौलिक र देशको भौगोलिकता अनुरुप व्यावहारिक हुनुपर्दछ। यो वैज्ञानिक र वस्तुवादी पनि हुन जरुरी छ। त्यसैगरी मातृभाषामै पठनपाठनको पूर्ण व्यवस्था गर्नुपर्छ। शिक्षाको सम्पूर्ण भार राज्यले लिनुपर्छ। शिक्षालाई समान र जनमुखी बनाउनुपर्छ। शिक्षाले स्थानीय विशेषतालाई आधार मान्न र विश्वव्यापीकरणलाई आत्मसात गर्न सक्नुपर्छ।यसो भयो भने।भ्रष्टाचार शिक्षामा भएको चरम लुट शिक्षामा भएको दलाली करण रोखिन्छ। र देश सुन्दर सान्त बिशाल हुन्छ।र यो नीति निर्माण गर्न।हामिले आफै संघर्ष पैदा गर्नु पर्छ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *