Advertisement
Advertisement
Advertisement

डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । आज कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन र मोतिराम भट्टको जन्मजयन्तीका अवसरमा एक भब्य कार्यक्रमका बिच पिता सम्मान तथा गजल वाचन गरिएको हो ।
डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल संस्कृत बिस्वविद्यालयका रजिस्ट्रार माधब अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल संस्कृत बिस्वविद्यालयका रजिस्ट्रार माधब अधिकारीले बुवाको मुख हेर्ने दिन हाम्रो संस्कार र परम्पराको एउटा अभिन्न अंग हो, जसले हामीलाई हाम्रा बुबाको सम्मान र कदर गर्न प्रेरित गर्ने बताउनुभयो । उहाले बुवाबाट आशीर्वाद लिने र आफ्नो जीवनमा उहाँहरूको योगदानको स्मरण गर्नुपर्ने कुरालाइ जोड दिदै डिभाइन टेम्पल एकेडेमीले विद्यार्थीहरुलाइ बुवाको महत्त्व बुझाउन कार्यक्रमको आयोजना गरि बुवाहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिनेमा बिश्वास व्यक्त गर्नुभयो ।

डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बुवाहरुलाई विशेष स्वागत एवं सम्मान गरि जीवनमा बुवाको योगदान झल्कने र एउटा सन्तानको लागी जीवनमा पिताको भुमिका अतुलनीय हुने भएकोले बालबालिकाहरुलाई पिता प्रतिको दायित्व बोध गराउनुका साथै संस्कार र संस्कृतीलाई पनि जोड दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा कपिलमणि लामिछाने र प्रतीक सक्रामीले पिताप्रति श्रद्धाभाव झल्कने गजलहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पिताप्रती श्रद्वाभाव झल्कने गीत, नृत्य, कविता, नाटक, लगायत विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत राखिएको थियो ।
बिद्यालयकी सस्कृत प्रशिक्षक माधवा शर्मा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक महेस लामिछानेले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *