नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न
तीखो सन्चार
नेशनल प्याब्सन दाङको आयोजनामा जिल्ला स्तरीय गायन र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायन र नृत्य प्रतियोगिता भएको हो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बिशिस्ट अतिथीमा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङी रहनुभएको थियो ।
उक्त प्रतियोगितामा दाङ जिल्लाका दुई दर्जन बढी विद्यालयको सहभागीता रहेको थियो ।
नृत्य तर्फ ज्ञानज्योती मा बी तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ भने शिखा इङ्ग्लिश बोर्डिङ स्कुल तुलसीपुर दोस्रो स्थान र बाल सहारा इङ्ग्लिस बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएका छन । अमृत एकेडेमी तुलसीपुरले सान्त्वना स्थान प्राप्त गरेको छ ।
त्यस्तै गायन छात्र तर्फ राप्ती बाल एकेडेमी प्रथम , शिखा इङ्ग्लिश बोर्डिङ स्कुल दोस्रो र डिभाइन टेम्पल एकेडेमीले तेस्रो स्थान हासिल गरेका छन ।
गायन छात्रा तर्फ शिखा इङ्ग्लिश बोर्डिङ स्कुल प्रथम , पारिजात इङ्ग्लिश बोर्डिङ स्कुल दोस्रो , हाइलाइट इङ्ग्लिश बोर्डिङ स्कुल तेस्रो र अमृत एकेडेमीले सान्त्वना स्थानमा पर्न सफल भएका छन ।
प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरु र विद्यालयलाइ प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तिज पर्बलाइ धेरै खर्चिलो नबनाइ आफ्नो रितिरिवाज र संस्कारलाई बचाएर तिज मनाउने कार्य गरेकिमा नेसनल प्याब्सन दाङ्लाई धन्यवाद ब्यक्त गर्नुभयो। विद्यार्थीहरुको क्षमतालाई प्रस्तुत गर्ने स्थान दिदै तिज पर्बको महत्त्व र आपसी सद्भाव बढाएर नेशनल प्याबसन दाङले उत्कृष्ट काम गरेको नगर प्रमुख खड्काले बताउनुभयो ।
त्यस्तै बिशिस्ट अतिथी नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङीले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रवद्र्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । बिद्यालयहरु बिच भातृत्व जगाई संस्थागत विकास गराउन नेशनल प्याब्सन दाङले उत्कृष्ट काम गरेको उहाले बताउनुभयो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा सबै विद्यालयहरुको सहभागीता हुनेमा बिश्वास लिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
नेशनल प्याब्सन दाङका उपाध्यक्ष ठाकुर डाङ्गीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन दाङका सचिब शालिकराम कार्कीले गर्नुभएको थियो ।