Advertisement
Advertisement
Advertisement

मेरिगोल्ड बोर्डिङ द्वारा दिदि घरमा सहयोग प्रदान

Advertisement
तुलसीपुरमा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले दिदी घरमा सहयोग गरेका छन । भदौ २९ गतेको बाल दिबसको पुर्बसन्ध्यामा मेरिगोल्ड स्कुलका जुनियर रेडक्रसमा आवद्ध भएका विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर तुलसीपुरमा रहेको दिदी घरमा सहयोग गरेका हुन।
बिद्यार्थीहरुले तुलसीपुर ६ मा रहेको दिदी घरमा खाद्यान्न , फलफूल र स्टेसनरी सामाग्री प्रदान गरिएको बिद्यालयले जनाएको छ । विद्यार्थीहरुले सहयोग सामाग्री प्रदान गर्नुका साथै दिदी घरमा रहेका बालबालिकासङ्ग भेटघाट तथा अन्तरक्रिया गरेका छन ।
दिदिघरमा अभिभावक बिहिन बालबालिका बस्दै आएका छन र तिनिहरुलाइ केही राहत होस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *