Advertisement
Advertisement
Advertisement

डिभाईन टेम्पल एकेडेमीकाे १६ औं बार्षिकाेत्सव सम्पन्न


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
तुलसीपुर उपमहानगरपालिका ६ गलाैरामा रहेको डिभाईन टेम्पल एकेडेमीले १६ औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको १६ बर्ष पुगेको अवसरमा एक भब्य समाराेहका बिच विद्यालयको प्राङ्गणमा बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हाे ।
डिभाईन टेम्पल एकेडेमीका संस्थापक तथा प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका पुर्ब मुख्य मन्त्री एबम लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरिको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिहरुमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल के सी , तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारी लगाएत रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिल्ली बहादुर चौधरीले १२ पास गरेपछि बिदेश पलायन बनाउने भन्दा पनि स्वदेशमै टिकाउन सक्ने शिक्षा दिन अहिलेकाे समयमा अति आवश्यक देखिएको बताउनुभयो । उहाले निजि विद्यालयले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै दक्ष जनशक्ति नेपालमै बसेपछि मात्रै देश समृद्धिको मार्गमा अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य अतिथिहरुले बिद्यार्थी लाई वर्तमान समयमा प्रविधिसंग लड्ने सक्ने क्षमता अभिवृद्धि गराउने जस्ता महत्त्वपूर्ण बिचार राखेका थिए ।
वार्षिकोत्सव समारोहमा चर्चित गायिक राधिका हमालले विभिन्न सांगितिक प्रस्तुति दिँदा अभिभावक विद्यार्थी उत्साहित भएर रमाएका थिए । गायिका हमालले ‘क्याम्पस पढ्न आउने’ चम्चा पिलेट जस्ता गित प्रस्तुत गर्नुभएको थियो ।
त्यस्त्यै विद्यार्थीहरुले पनि विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुती राखेका थिए । बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी समेत देखाएका थिए ।
शिक्षिका माधवा शर्मा पाेख्ररेल काे स्वागत मन्त्वयबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण बिद्यालयका सहायक प्रधानाध्यापक महेश लामिछाने गर्नुभएको थियाे ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *