दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती कलेजले कक्षा १२ का विद्यार्थीहरुलाइ भोलि चैत २६ गते बिदाइ गर्ने भएको छ । कक्षा १२ का विद्यार्थीलाई एक भब्य कार्यक्रमको आयोजना गरेर बिदाइ गर्न लागिएको कलेजका प्रधानाध्यापक सुरेन्द्र जि सी ले जानकारी दिनुभयो ।
त्यस्तै बिदाइ कार्यक्रममा पछिल्लो समयका चर्चित एबम ब्यस्त गायक तथा नायक प्रकाश सपुतको प्रस्तुति रहने उहाले बताउनुभयो ।
भोलीको कार्यक्रमको लागि गायक प्रकाश सपुत तुल्सिपुर आउदै गरेको जानकारी दिदै विद्यार्थी, शिक्षक लगायत सम्पुर्णलाई उपस्थितिका लागि सहायक प्रधानाध्यापक मनोज के सी ले अनुरोध गर्नुभएको छ ।
बिदाइ कार्यक्रममा विद्यार्थीहरुका प्रतिभाहरु समेत प्रस्तुत हुने छन ।
ज्ञानज्योतीमा कक्षा १२ का बिद्यार्थीलाई बिदाइ भोलि , गायक प्रकाश सपुत आउदै
