नेशनल प्याब्सन दाङको पाँचौ बृहत खेलकुद कार्यक्रम आजदेखि शुरु भएको छ । तुलसीपुरको अरनिको मैदानमा शुरु भएको कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रिय महासचिव प्रकाश चन्द खड्काले गर्नुभएको हो ।
उहाँले खेल क्षेत्रमा आर्कषण बढाउनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि नेशनल प्याब्सन दाङले खेलकुद कार्यक्रमको आयोजना गरेको अध्यक्ष भोजराज न्यौपानले बताउनुभयो । आजदेखि शुरु भएको खेलकुद कार्यक्रम १६ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा दाङ जिल्लाबाट नेशनल प्याब्सनमा आवद्ध १६ विद्यालयको सहभागीता रहेको छ । भालिबल, एथ्लेटिक्स, तेक्वान्दो लगायतका प्रतियोगिता हुने अध्यक्ष न्यौपानले बताउनुभयो।
प्रतियोगिता उद्घाटन अघि र्यालीले तुलसीपुर बजारको परिक्रममा गरेको थियो । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश शर्मा, तुलसीपुर उद्योग बाणिज्य संघका बिनिल केसि , लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, व्यावसायि बिनोद शर्मा , नेसनल प्याब्सन का केन्द्रिय सदस्य बिमल गौतम, पत्रकार महासघका जिल्ला उपाध्यक्ष नारायणी रजौरे, रोपोर्टर्स क्लब का अध्यक्ष शरद रेग्मी लगायतले आफ्नो शुभकामना ब्यक्त गर्नु भएको थियो।
उद्घाटन सत्रका क्रममा आज सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। १५ गते र १६ गते बेलझुन्डीमा भलिबल र एथलेटिक्सका खेलहरु हुनेछन्।
यस कार्यक्रममा भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित नेपाल पुस्तक तथ स्टेसनरी ब्यावसायी महासघका पदाधिकारीहरुलाई सम्मान गरिएको छ। त्यसै गरि नेपाल जेसिज का राष्ट्रिय उपाध्यक्ष सन्दिप भुसाल र दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियारलाई सम्मान पत्रले सम्मान गरेको अध्यक्ष भोजराज न्यौपानेले बताउनु भयो।
उद्घाटन कार्यक्रममा गायिका प्रिति आलेको प्रस्तुति रहेको थियो ।





