टेकराज भण्डारी
दाङ । रोटरी क्लब अफ तुलसीपुरले सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, अरनिको टोलमा पुगेर अशक्त जेष्ठ नागरिक तिलसरा खत्री लाई व्हीलचेयर सहयोग गरेको छ।
लामो समयदेखि शारीरिक अशक्तताका कारण घरमै सीमित जीवन बिताइरहनुभएकी अस्वस्थ जेष्ठ नागरिक खत्रीलाई व्हीलचेयर उपलब्ध गराउँदै रोटरी क्लबले मानवीय सेवा, सहानुभूति र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको हो।
अशक्त तथा असहाय नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानजनक बनाउन रोटरी क्लब अफ तुलसीपुरले निरन्तर रूपमा यस्ता सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
व्हीलचेयर वितरण कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष सन्दिपन रिजाल, पूर्व अध्यक्ष तुफान बाबु श्रेष्ठ, सिटी हस्पिटलका एमडी डा. हेमराज बस्नेत, समाजसेवि दुर्गा बहादुर खड्का, देवेन्द्र केसी र शेष्कान्त ढकाललगायतको उपस्थिति रहेको थियो।





