Advertisement
Advertisement
Advertisement

सहयोगी सहकारीको बिस्तारित मञ्च तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्था ली को बिस्तारित मञ्च तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ। सहयोगी बचत तथा ऋण सहकारी संस्था ली को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखाको प्राबिधिक सहयोगमा स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यक्रममा सहयोगी बचत तथा ऋण सहकारी संस्था ली का अध्यक्ष डिलाराम बिष्टको अध्यक्षता तथा नेपाल बचत तथा रिन सहकारी संस्था दाङ सदस्य सेवा केन्द्र प्रमुख चन्द्रदेव जोशीको बिशेष आतिथ्यता रहेको थियो ।

सहयोगी सहकारीका अध्यक्ष एवम् सभाका सभापति डिलाराम बिस्टले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले सहयोगी सहकारिले दुख , सुखमा आफ्ना बचतकर्ताहरुका लागि समर्पित भएर काम गरेको उल्लेख गर्नुभयो ।

नेपाल बचत तथा रिन सहकारी संस्था दाङ सदस्य सेवा केन्द्र प्रमुख चन्द्रदेव जोशीले सहकारीको महत्वबारे प्रशिक्षणमूलक धारणा राख्दै सहकारी भनेको सदस्यहरूको साझा प्रयासबाट आर्थिक सुदृढीकरण गर्ने माध्यम भएको बताउनुभयो। उहाँले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूअनुसार पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मजबुत हुनुपर्नेमा जोड दिँदै सहकारीमार्फत स्वरोजगार, उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्न सकिने बताउनुभयो ।

संस्थाका सचिव दुर्गा प्रसाद शर्माले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष पहल बहादुर रोकाहाले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष लालबहादुर के सी ले स्वागत मन्तव्य राख्दै सहकारिताको भावना ,मुल्य मान्यता ,अनुरुप सामाजिक हितका लागि अनवरतरुपमा लागि परेको बताउदै सहकारीको माध्यमबाट उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दे सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुर्याउदै आएको बताउनुभयो ।
२०० जना भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा पुर्ब अध्यक्ष तथा पदाधिकारीहरु , संचालक समितीका सदस्यहरु , पत्रकार , बुद्दिजिबी , शेयर सदस्यहरु लगाएत सर्बसाधारणको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिब दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *