Advertisement
Advertisement
Advertisement

ज्ञानज्योति कलेजमा फुड फेस्टिबल: विद्यार्थीले पकाएर अभिभावकलाई खुवाए

ज्ञानज्योती कलेज तुलसिपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट( आईएसटी )कलेज काठमाडौँको सहकार्यमा शुक्रवार आयोजना गरेको फुड फेस्टिबल सम्पन्न भएको छ । तुलसिपुरको बरुवागाउमा स्थित विद्यालय प्राङ्गणमामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफै विभिन्न किसिमका खानाका परिकार बनाउनुका साथै शिक्षक तथा अभिभावकहरुलाइ खुवाएका थिए ।
ज्ञानज्योती फाउन्डेसनका सिइओ तथा ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जि सी को अध्यक्षतामा भएको कार्यक्रममा आइएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो भने आइएसटी कलेजका होटेल ब्यबस्थापनका प्रशिक्षक सम्झना बस्नेतको बिशेष आथिथ्यता रहेको थियो ।
बिद्यालयमा होटेल ब्यवस्थापन अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुको प्रयोगात्मक कक्षा अन्तर्गत फुड फेस्टिबल आयोजना गरिएको कलेजका प्रमुख सुरेन्द्र जि सी ले बताउनुभयो । पढाइका साथै दैनिक जिबनमा उपयोगमा आउने क्रियाकलापको जानकारी गराउने र होटेल ब्यबस्थापन पढेका बिद्यार्थीहरुलाइ दक्ष बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उहाको भनाइ छ ।
त्यस्तै प्रमुख अतिथि बज्राचार्य होटेल ब्यबस्थापन पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेको बताउनुभयो । उहाँले होटेलमात्रै नभएर अन्य क्षेत्रमा पनि होटेल ब्यबस्थापन पढेका जनशक्तिको माग हुन थालेको बताउनुभयो ।
उहाँले होटल ब्यबस्थापन नेपालमा धेरै रोजगारको सम्भाबना भएको क्षेत्र भएकोले नेपालमै आफ्नै परिवेश परिवारमा बसेर काम गर्न सुझाव दिनुभयो ।
त्यस्तै बिशेष अतिथी बस्नेतले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताउनुभयो ।उहाँले होटल ब्यबस्थापन पढेपछि विदेशमा जानुपर्छ भन्ने नभएको र नेपालमै प्रशस्त रोजगारीका संभावना हुन थालेको बताउनुभयो ।

कलेजका शैक्षिक संयोजक शरद गौतमले ज्ञानज्योति स्कुलले विगत १६ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको र यसरी विद्यार्थी सङ्गै अभिभावकलाई बोलाएर फुड फेस्टिबल गरिएको दोस्रो पटक भएको बताउनुभयो ।
विद्यार्थीहरुले मसरुम सुप, ब्राउनी , ड्रील चिकेन , लगाएतका विभिन्न परिकारहरु बनाएका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक सोमराज बस्नेतले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *