Advertisement
Advertisement
Advertisement

दाङ तुलसीपुरको एक पेट्रोल पम्पमा आगलागी हुदा एकजना घाइते

Advertisement

दाङको तुलसीपुर स्थित एक पेट्रोल पम्पमा ट्याङ्करबाट पेट्रोल खन्याउदा अगरबत्तीको रापले काउन्टरमा आगलागी हुँदा एकजना घाइते भएका छन ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मेरो बजारस्थित तुलसी पेट्रोल पम्पमा आगलागी हुँदा पम्पका मेनेजर घाइते भएका छन्।

शनिबार बिहान करिब ५ः३० बजे रा १ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा अगरबत्तीको रापबाट काउन्टरमा आगलागी भएको प्रारम्भिक विवरण छ।

आगलागीबाट पेट्रोल पम्पका मेनेजर तुलसीपुर–६ निवासी ४२ वर्षीय हुकुम भण्डारीको हात, खुट्टा र अनुहार जलेको छ। उनको अवस्था मध्यम रहेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाडौंको किर्तीपुर अस्पताल लगीएको छ ।
स्थानीयवासी र प्रहरीले फायर एक्सटिङ्गुइसरको प्रयोग गरी बिहान ५ः५० बजे आगो नियन्त्रणमा लिएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *