Advertisement
Advertisement
Advertisement

दुई वर्षमा पिपलका सवै ठाउँमा सिचाई सुविधा पुर्याईसक्ने योजना छ : अध्यक्ष खत्री

रुकुम पश्चिम् ।रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर दुइका वडा अध्यक्ष प्रकाश खत्रीले दुई वर्षमा पिपलका सवै ठाउँमा सिचाई सुविधा पुर्याईसक्ने योजना रहेको बताउनुभएको छ । कुनै योजनाको काम सक्किएको र काम नसक्किएका योजनाहरुको काम छिट्टै सकिने उहाको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा सातवटा योजनाहरु निर्माण भएका छन जस्मध्य चार वटा सिचाई आयोजना निर्माण भएका छन् भने ३ वटा नहर सिचाई आयोजना र एउटा पाईप सिचाई आयोजना निर्माण भएका हुन् । वडाले यो वर्ष ७ सय ५० मिटर पक्कि नहर पक्कि गरेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

पुमामा रानिऔला सम्मको सिचाई आयोजनाको नहर वनाईएको छ भने पुरानो कच्चि कुलोलाई स्तरउन्नती गर्दै पक्कि नहर निर्माण गरिएको हो र ५ लाखमा पक्कि कुलो निर्माण भएको छ । वडामा रहेका सिचाई कुलाहरु कच्चि रहेकोमा यो चालु आर्थिक वर्ष मात्रै ७ सय ५० मिटर कुलो पक्कि नहरको रुपमा स्तरउन्नती गरिएको र वडामा ठुलो सिचाई आयोजना डोप्टे सिचाई आयोना मार्फत ठुलो क्षेत्रमा खेति योग्य जमिन भएको जिपुमा पानी ल्याईएको छ । करिब ८० लाख रकममा ३ किलोमिटर पाईप लाईन मार्फत गाउँमा सिचाईको लागि पानी पुर्याईएको हो ।

वडा अध्यक्ष खत्री अनुसार गाउँभन्दा माथि ठुलो ट्याङ्की निर्माण गरिएको छ । सोहि ट्याङ्कीबाट विभिन्न खेतीयोग्य जमिनमा पानी वितरण गरिने छ । सिचाई आयोजना मार्फत गाउँमा पानी पुगे पछि जिपुमा हिउँदे वाली उत्पादनमा बृद्धि हुने अपक्षा गरिएको छ ।लामाचौरका केहि भाग र टाङ्सीमा सिचाई गर्नको लागि उक्त आयोजना निर्माण गरिएको हो । ६ लाखमा सिचाई नहर निर्माण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै थारकाट्ने, भलाचौर र काक्रिबाङमा सिचाँईको लागि कैनारुख– काक्रिबाङ सिचाई आयोजना निर्माण गरिएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उक्त आयोजनाको लागि १५ लाख रकम खर्च भएको छ । अर्को लामाचौर टाङ्सी सिचाई आयोजना पनि यहि आर्थिक वषमै सम्पन्न भएको छ ।

बाफिकोट २ मा रहेको मुख्य खेतीयोग्य जमिनको लागि नहर मार्फत र पाईप मार्फत सिचाँईको लागि पानी पुर्याएको र अव बाँकी सहायक कुलाहरु मर्मत र निर्माणको काम गर्ने वडाको योजना रहेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

 

काँधमा घुम, कम्मरमा पटुका सहित अध्यक्ष प्रकाश खत्रीले योजना अनुगमन गरेको दृश्य
काँधमा घुम, कम्मरमा पटुका सहित अध्यक्ष प्रकाश खत्रीले योजना अनुगमन गरेको दृश्य

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *