Advertisement
Advertisement
Advertisement

मुसिकोट नगरपालिकामा कर्मचारीले लगाए ताला ,उपमेयरमाथि कारबाहीको माग

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारीले ताला लगाएका छन्।
उपमेयर विमलकुमार पुनलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका हुन्।
उनीहरूले उपमेयरमाथि कारबाही हुनुपर्ने, कर्मचारीको सुरक्षा सुनिश्चित हुनुपर्ने लगायत ८ बुँदे माग राखेका छन्।
कर्मचारीले मूल गेटमै ताला लगाएर धर्ना दिएपछि नगरप्रमुख र अन्य जनप्रतिनिधि कार्यालय प्रवेश गर्न पाएका छैनन्।
शनिबार बिहान ११ बजेतिर उपमेयर बिमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई परीक्षाको बिषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए।
कर्मचारीको तालाबन्दी र धर्नाका कारण नगरपालिकाको सेवा ठप्प बनेको छ
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *