तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन आठबिसकोट नगरपालिकाको निर्देशन
तीखो सन्चार
आठबिसकोट नगरपालिकाले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ । शिक्षकहरुको आन्दोलन पछी पनि बन्द भएका विधालयहरु सञ्चालन गर्न निर्देशन दिएको हो ।
विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै तत्काल पठनपाठन सुरु गर्न उक्त निर्देशन दिएका हुन् । आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टका अनुसार शिक्षक महासंघ र सरकार विच सहमति भैसकेको र हालसम्म पनि बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिइएको बताए ।
‘विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको बिष्टले बताए ।
संघीय संसदमा विधालय सम्बन्धी संसोधन गर्न बनेको बिधेयकमा परिमार्जन गर्नेगरी असोज ५ गते सरकार र शिक्षक महासंघ बिच बिधालय सञ्चालन गर्ने भनी सहमती भएको थियो । तर हालसम्म आठबिसकोट नगरपालिका भित्रका बिधालयहरुमा पठनपाठन बन्द रहेकोले तत्कालै सञ्चालन गर्न निर्देशन दिईएको छ ।