Advertisement
Advertisement
Advertisement

पश्चिम दाङको शान्तिनगरमा मोटरसाइकल पल्टिदा एकको मृत्यु

पश्चिम दाङको शान्तिनगरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिएर गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवास्थित दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिएको थियो ।
उक्त मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ रतभटुवा बस्ने १४ वर्षिय सुनिल बिकको उपचारका क्रममा बुधबार बिहान १० बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
त्यस्तै मोटरसाइकलमा सवार शान्तिनगर ५ काशीपुर बस्ने २५ वर्षिय अजय चौधरीको बाँकेमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *