Advertisement
Advertisement
Advertisement

भुकम्पको कारण घर भत्किदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु

शुक्रबार राती गएको भुकम्पको कारण घर भत्किदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्याक रतिभान बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्य माईली छोरीको भने जिवितै उद्धार गरिएको बताईएको छ । क्षतिको थप विवरण आउन भने बाँकि रहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका घरहरुमा र अन्य केहि स्थानमा मानविय क्षति भएको बताईएको छ । क्षतिको विवरण बढ्न सक्ने जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *