Advertisement
Advertisement
Advertisement

भूकम्पबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मृत्यु भएका १० जनाको सनाखत

Advertisement

गएरातिको शक्तिशाली भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् ।

सानीभेरीमा मृत्यु हुनेमा वडा नम्बर २ को परियार टोल बस्ने १२ वर्षीय मनिषा परियार, वडा नम्बर १ चाइना बगर बस्ने ३१ वर्षीय धनवीर पुन, २८ वर्षीय चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाका बालक रेजन वली र ४ वर्षीय सरस्वती विक छन् । यस्तै, वडा नम्बर ४ बस्ने ८ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई, ६ वर्षीय कृष्ण परियारको पनि मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *