Advertisement
Advertisement
Advertisement

सल्यानमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

Advertisement
सल्यानमा धारिलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन।
सिद्धकुमाख गाउँपालिका–३ उचाल्ने भन्ने ठाउँमा बस्ने अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार बिहान डम्मर आफैले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालयमा बुधबार बिहान पुगेपछि प्रहरीले नियन्त्रणमा राखेको छ। मृतक सितलीको टाउँकोमा धारिलो हतियार प्रहार गरेका थिए। अहिले प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *