तुलसीपुरमा चर्को आवाज गर्ने १३ मोटरसाईकल ट्राफिक कारवाहीमा
तीखो सन्चार
तुलसीपुर, ०५ पुस ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको छ । नेपाल अटो मोवाईलस् मेकानिक्स टेड्र युनियन तुलसीपुरमा आबद्ध रहेका मेकानिक्स तथा रिकन्डिसन सञ्चालकहरुलाई प्रशिक्षण गरिएको हो । मोडिफाई गरि साईलेन्सर परिबर्तन गरी चलाएका मोटरसाईकलले तुलसीपुरमा चर्को आबज दिने र ध्वानी प्रदुषण गर्ने गरेको ब्यापक जनगुनासो आएसंगै प्रहरीले पनि आफ्नो सक्रियता बढाएको देखिन्छ । पछिल्लो एक महिना यता मोडिफाई गरि साईलेन्सर परिबर्तन गरीएका १३ वटा मोटरसाईकललाई कारवाही गरी बास्तबिक साईलेन्सर फेर्न लगाईको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख ईश्वरी देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा मोटरसाईकलको स्वरुप परिवर्तन गर्नमा ग्यारेजहरुलाई सहयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मोडिफाई गरेको पाईए परिवर्तन गर्ने ग्यारेजहरुलाई समेत कानुनी कारवाही गरीने ट्राफिक प्रमुख देबकोटाले बताउनुभयो । यस्तै दुर्घटना मर्मतका लागि आएका सवारी साधनको जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।
सवारी दुर्घटना न्युनिकरण गर्ने मुख्य उद्देश्य रहेको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रशाद चालिसेले मेकानिक्स र रिकन्डिसन सञ्चालकहरुलाई उद्योग बाणिज्य संघमा दर्ता भई ब्यवसाय संचालन गर्न अनुरोध गनुभयो । प्रशिक्षण कार्यक्रममा तुलसीपुरमा सञ्चालनमा रहेका ३५ बढी ग्यारेज तथा रिकन्डिसन सञ्चालकहरुको सहभागिता रहेको थियो ।