Advertisement
Advertisement
Advertisement

रुकुम पश्चिमको आठबिसकोटमा भिरबाट लडेर एक शिक्षकको मृत्यु

रुकुम पश्चिमको आठबिसकोटमा एक शिक्षक मृत अवस्थामा फेला पर्नुभएको छ । आठबिसकोट –८ का शिक्षक परविर बुढा हिजो राति ११ बजेतिर मृत अवस्थामा फेला पर्नुभएको हो । आठबिसकोट–७ खारखादेखि माथि बाटोबाट करिब एक सय मिटर तल रहेको मिल नजिकै शव फेला परेको स्थानीयले बताएका छन् । उहाँ सानीभेरी गाउँपालिका स्थित राप्ती ज्ञानोदय मावि सिम्लीमा गणित विषयमा कार्यरत बुढा हुनुहुन्थ्यो शुक्रवार घर आउनुभएका उहाँ हिजो आठबिसकोट नगरपालिका –९ राडीबजार देखि घर फर्कने क्रममा भिर बाट लडेर मृत्यु भएको बताईएको छ । बुढा लामो समय देखि शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *