Advertisement
Advertisement
Advertisement

वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना हुदा २० जना घाइते

दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरबाट पिक्निकको लागी दाङ आउदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको घटनास्थलमा रहनुभएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभएको छ ।

दुर्घघनामा परी ३० जना भन्दा धेरै घाइते भएको उहाँले बताउनुभयो । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुर तर्फ उपचारका लागी पठाइएको उहाँले बताउनुभयो । बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभएको छ ।घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *