Advertisement
Advertisement
Advertisement

दुधरासमा बालकको मृत्यु पछी अवरुद्ध रहेको घोराही–तुलसीपुर सडक खुल्यो

दाङको तुलसीपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको घोराही–तुलसीपुर सडकखण्ड खुलेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रु बहाक बसले हिजो सोमबार दिउँसो ४ बजेको समयामा ठक्कर दिदा तुलसीपुर १७ का अन्दाजी ५/७ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछी मृतकका आफन्तले सडक चक्काजाम गर्नुका साथै ठक्कर दिने बस र प्रहरीको गाडी समेत तोडफोड गरेका थिए ।
विद्यार्थीका अभिभावकहरु नाराबाजीसहित विरोध गरेका थिए । मृतक परिवारलाई नियमानुसार क्षेतीपुर्ती दिने सहमतीमा गयराती १२ बजेदेखी सडक खुलाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । मृतक बालक जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *