Advertisement
Advertisement
Advertisement

तुलसीपुर –१० का वडा अध्यक्ष केसीलाई पत्नी शोक

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष यमराज केसीलाई पत्नी शोक परेको छ । उहाँको पत्नी पुष्पा केसीको ४३ वर्षको उमेरमा शुक्रबार (आज) बिहान ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि क्यान्सरबाट पिडित केसीको अल्पआयुमै निधन भएको हो । उहाँको आज बिहान ९ बजेतिर शितलपुर घाटमा अन्त्येष्टी गरिने भएको छ । केसीको निधनप्रति विभिन्न व्यक्ति तथा संघसंस्थाले दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
पत्नी वियोगमा पर्नु भएका अध्यक्ष केसीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ  ‘‘हरेक प्रयासका बावजुद पनि तिमीलाई बचाउन सकिएन अहिले बिहान ४ ः२० मा तिमीले सदाका लागि यो संसार छोडेर गयौ माफ गर पुष्पा (सान्नानी) पुनर्जन्ममा फेरि भेट्ने मिठो सङ्कल्प सहित तिम्रो वैकुण्ठ बासको कामना गर्दछु।’’
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *