Advertisement
Advertisement
Advertisement

रुकुम पश्चिममा दिदिको घर पढ्न आएका रोल्पाका एक किशोरको हत्या

रुकुम पश्चिम् , ७/माघ
रुकुम पश्चिममा दिदिको घर पढ्न आएका रोल्पाका एक किशोरको हत्या भएको छ ।रोल्पाको परिवर्तन गाउँपालिकाका १४ वर्षीय निर्मल डाँगीलाई रुकुमको मुसिकोट नगरपालिका ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ । घटना आज दिउँसो १२ बजेतिर भएको हो । खुकुरी प्रहारबाट मृत्यु हुनुभएका डाँगी दिदीको घरमा बसेर पढ्दै आउनु भएको थियो । उहाँ मुसिकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुलखेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ । खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
निर्मल सुतिरहेको कोठामै गएर पुनले खुकुरी प्रहार गरि हत्या गरेको खुलेको छ । चन्द्र बहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *