Advertisement
Advertisement
Advertisement

दाङमा भिरबाट लडेर एक महिला घाइते

दाङमा भिरबाट लडेर एक जना महिला घाइते भएकी छिन् ।
आज दिउँसो अन्दाजी साढे २ बजेतिर सप्तखोली भिरमा घाँस काट्न गएको समयमा अचानक लड्दा एक जना महिला घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
घाइते हुनेमा बबई गाउँपालिका ५ हापुरे बस्ने ४२ वर्षिया डिला रोका रहेकी छिन् । घाइते रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
उनलाई टाउको, नाक, मुखमा चोट लाग्नुका साथै बाया हातको कान्छी औला भाचिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *