मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रसाईंलाई नेपाल प्रहरीले आज झापाको भद्रपुर क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्रसाईंलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाज मार्फत काठमाडौं ल्याउने तयारी भएको बताइएको छ ।
प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका जनकमाण्डर प्रसाईंले बिहीबार भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई आज भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।
चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बन्द दु्ई जनाको ज्यान गएको थियो । त्यसपछि आन्दोलनको जनकमाण्डर समेत रहेका प्रसाईं फरार भएका थिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरीले टोलीले नै परिचालन गरी खोजी गरिरहेको थियो ।