Advertisement
Advertisement
Advertisement

ठुलीभेरी नदीमा डुबेर एक किशोरीको मृत्युु , दुई बालबालिका बेपत्ता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुलीभेरी नदीमा पौडी खेल्ने क्रममा एक बालिकाको ज्यान गएको छ भने दुई बालबालिका बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो करिब २ बजे साथीहरूसँग ठूली भेरी नदीमा पौडी खेल्न गएकी १६ वर्षीया भगवती नेपाली नदीमा बगेर बेपत्ता भएकी थिइन्। घटनास्थल नजिकै रहेको रुकुम पश्चिमको राडीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भगवतीलाई राडीको बगरबाट जीवितै उद्धार गरी नगर अस्पताल पुर्‍याएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो।

उक्त घटनामा जाजरकोट नलगाड नगरपालिका–८ का १० वर्षीय महेश कुसारी र १२ वर्षीया आशा कुसारी भने अझै बेपत्ता छन्। उनीहरू विद्यालयबाट फर्किएपछि घरबाट निस्किएर नदीमा पौडी खेल्न गएका थिए। हाल हराइरहेका दुई बालबालिकाको खोजी कार्य जारी रहेको डिएसपी विष्टले जानकारी दिनुभयो।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले संयुक्त रूपमा हराइरहेका बालबालिकाको खोजी कार्य भइरहेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *