Advertisement
Advertisement
Advertisement

लायन्स क्लब अफ तुलसीपुर इशानद्वारा शैक्षिक सामाग्री वितरण

Advertisement

लायन्स क्लब अफ तुलसीपुर इशानले श्री बालकल्याण प्राथमिक विद्यालय तुलसीपुर ७ डाडापातुका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ। क्लबले आयोजना गरेको विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत दर्जनौं विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रम क्लबका अध्यक्ष रमेश रेग्मीको अध्यक्षतामा तथा भयो डिस्टृक ३२५ का एक्जुकेटिभ चिफ बुद्धि प्रकाश सिंह कार्यक्रमका प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि सिंहले यस्तो सामाजिक कार्यले विद्यार्थीहरूको मनोबल बढाउने बताउँदै क्लबलाई निरन्तर यस्ता कार्यक्रम गर्न प्रेरणा मिल्ने धारणा राखे।

अध्यक्ष रेग्मिले क्लबले विगतदेखि नै सामाजिक, शैक्षिक र सेवा मूलक कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक हुम बहादुर केसीले क्लबलाई धन्यवाद दिँदै विद्यालयमा सञ्चालित यस्ता सहायताले विद्यार्थीमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो ।
कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए। सामग्री पाउँदा विद्यार्थीहरू निकै खुशी देखिएका थिए।

उक्त कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ तुलसीपुर इशानका सह-सचिव सोमराज बस्नेतले गरेका थिए।

 

 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *