Advertisement
Advertisement
Advertisement

तुलसीपुरमा विद्यालय सवारी चालक–सहचालकलाई ट्राफिक सचेतना प्रशिक्षण

Advertisement

तुलसीपुर उपमहानगरपालिका क्षेत्रका निजी तथा आवासीय विद्यालय (एन–प्याब्सन)मा आबद्ध विद्यालय सवारीका चालक र सहचालकहरूलाई ट्राफिक सचेतना प्रशिक्षण दिइएको छ । नेशनल प्याब्सन दाङको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ३५ जना चालक र सहचालक हरुलाइ ट्राफिक सचेतना प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र बहादुर शाहीले सहजीकरण गर्दै सडक नियमको पालनाले मात्र दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
प्रशिक्षक शाहीले चालक-सहचालकलाई विद्यालय सवारीका लागि तोकिएको अधिकतम र न्यूनतम गति सीमा पालना गर्नुपर्ने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्नुपर्ने, सवारी साधनको नियमित मर्मत–सम्भार गर्नुपर्ने, बालबालिकालाई बसमा चढाउँदा र झार्दा विशेष ध्यान दिनुपर्ने, बस स्टपभन्दा बाहिर बालबालिका चढाउन वा झार्न नहुने, आकस्मिक अवस्थामा फर्स्ट एड किटको प्रयोग र गाडीमा अनिवार्य रुपमा राख्नुपर्ने,
सिट बेल्टको प्रयोग, सवारीको कागजात अपडेट गर्नुपर्ने,
चालकले सौम्य व्यवहार देखाउनुपर्ने र बच्चासँग कराउने वा दुर्व्यवहार नगर्नुपर्ने , चालक सहचालकले विद्यालयसँग समन्वय गर्दै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने,नियम उल्लङ्घन गर्दा हुने कानुनी कारबाहीका बारेमा पनि सचेत गराउनुभएको थियो ।
उहाले “विद्यालय सवारी चलाउनु केवल जागिर मात्र नभएर , यो जिम्मेवारी भएको र बच्चाहरूको सुरक्षामा सानो लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्ने बताउनुभयो

कार्यक्रमका प्रमुख अतिथि एबम एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माले “शिक्षा मात्र होइन, सुरक्षा पनि प्राथमिक जिम्मेवारी हो, त्यसमा सवारी चालकहरूको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ” भन्दै विद्यालय परिवहनलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथिमा नेशनल प्याब्सन का केन्द्रिय सदस्य बिमल गौतम रहनु भएको थियो । उहाले विद्यालय व्यवस्थापन, ट्राफिक प्रहरी र चालकहरूबीच नियमित समन्वयको आवश्यकतामाथि जोड दिँदै यस्ता प्रशिक्षण कार्यक्रमलाई अझ व्यवहारमुखी बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एन–प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले “चालक सहचालकहरू विद्यालयको मेरुदण्ड सरह रहेको र उनीहरूलाई समय–समयमा सचेत गराउँदै जिम्मेवार बनाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम शारदा विद्यामन्दिरकी प्रिन्सिपल इन्दिरा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एन–प्याब्सन दाङका प्रवक्ता हरिप्रसाद भण्डारीले गर्नुभएको थियो ।

सहभागी चालक तथा सहचालक हरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *