Advertisement
Advertisement
Advertisement

नेपालगञ्जबाट रुकुम पश्चिम जादै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते

नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।

भे १ ख ३९९४ नम्बरको  गाडी कुमाख गाउँपालिका–२ स्थित बढाइ ज्यूला नजिक दिउँसो करिब १ बजेतिर सडकबाट करिब ४५ मिटर तल खसेको थियो। अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

 

घटनापछि इलाका प्रहरी कार्यालय राघेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्दार गरेको थियो। घाइतेमध्ये कुमाख गाउँपालिका–६ निवासी चालक २७ वर्षीय पारस आचार्यको अवस्था गम्भीर रहेको छ।

उद्धारपछि एक जनालाई रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा भर्ना गरिएको छ भने बाँकी १३ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *