Advertisement
Advertisement
Advertisement

बिना लाइसेन्स छोराले चलाएको मोटरसाइकलले एक वृद्धको मृत्यु , आमा पक्राउ 

Advertisement

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

दिउँसो करिब २:३० बजे बासगढीस्थित कुटिचौरबाट बिजौरीतर्फ जाँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ६५ वर्षीया गौमती रोका लाई ठक्कर दिएको थियो।

उक्त मोटरसाइकल तुलसीपुर–७ का १६ वर्षीय लक्ष्मण भुसाल ले चलाइरहेका थिए। ठक्करबाट रोका गम्भीर घाइते भई टाउको, छाती र खुट्टामा चोट लागेपछि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके लगिएको थियो। उपचारकै क्रममा सोही दिन बेलुका ६:२५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर राणा मगरले जानकारी दिनुभयो। ।

घटनापछि मोटरसाइकल चालक लक्ष्मण भुसालसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुलेको छ। सवारी अनुमति नपाएको छोरालाई मोटरसाइकल चलाउन दिएको अभियोगमा चालककी आमा मिना भुसाल लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिना भुसाललाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गराई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *