माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष -आज आत्मविश्वास बढ्नेछ, तर हतार नगर्नुहोस्। जिम्मेवारीको काममा संयमित भएर अघि बढ्दा राम्रो फल पाइनेछ। पारिवारिक स्नेह र साथीको सहयोग मिल्नेछ।
वृष -धेरै कामको दबाब भए पनि योजनाबद्ध ढंगले अघि बढ्दा परिणाम मिल्नेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ। विचार र वचनमा स्थिरता राख्दा सम्बन्ध सुदृढ हुनेछन्।
मिथुन-नयाँ अवसर आउन सक्छ, यात्रा वा नयाँ प्रस्ताव लाभदायी बन्न सक्छ। अध्ययन, लेखन वा अनुसन्धानमा मन जानेछ। तर स्वास्थ्यतर्फ ध्यान दिनु जरुरी छ।
कर्कट -मन भावुक भए पनि आज निर्णायक काम नगर्दा राम्रो हुन्छ। घर-परिवारमा सहयोग र समर्पण बढ्छ। पुराना कामलाई सम्पन्न गर्न सजिलो समय छ।
सिंह -प्रशंसा र प्रतिष्ठा बढ्ने संकेत छ। नेतृत्वका अवसरहरू आउन सक्छन्। प्रियजनसँगको सम्बन्ध बलियो हुनेछ। आफैंलाई संयमित राख्न सक्नुभयो भने सफलता झन् बढ्नेछ।
कन्या -अनपेक्षित खर्च बढ्न सक्छ। व्यावसायिक काममा सतर्कता जरुरी छ। निर्णय लिनु अघि केही समय सोचेर मात्र अघि बढ्नु राम्रो।
तुला -आयआर्जनका नयाँ बाटाहरू खुल्न सक्छन्। व्यापारमा लाभ हुने सम्भावना छ। परिवारमा खुसीमय वातावरण रहला। तर श्रम बिना उपलब्धि कठिन छ, धैर्य चाहिन्छ।
वृश्चिक -प्रतिष्ठित काममा सहभागी हुने योग छ। नयाँ जिम्मेवारी वा नेतृत्व पाइनेछ। सहयोगीको साथले मन प्रसन्न हुनेछ।
धनु -आफूले सोचेको लक्ष्य पूरा गर्न मेहनत गर्नुपर्नेछ। केही असजिलो भए पनि निरन्तरता राख्दा स–साना सफलताले आत्मविश्वास बढाउनेछ।
मकर -कामको व्यस्तता बढ्नेछ, स्वास्थ्यमा ध्यान दिनुहोस्। परिश्रमको प्रतिफल ढिलो भए पनि पक्कै पाइनेछ।
कुम्भ -मनोरञ्जन, सर्जनशीलता र मित्रताको दिन। यात्रा वा छोटो भेटघाटले खुशी मिल्नेछ। सम्बन्धमा खुलापन राख्दा फाइदा हुन्छ।
मीन -स्रोतसाधन जुटाउन अवसर मिल्नेछ। खर्च भए पनि काम सफल हुने योग छ। मित्र वा परिवारको सहयोगले उत्साह बढ्नेछ।





