माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष – उत्साह र जोश बढ्नेछ। नयाँ काम थाल्न सकिने दिन छ। भावनामा बगेर निर्णय नगर्नुहोस्, खर्चमा सर्तक रहनुहोस्।
वृषभ – भाग्य बलियो छ। आर्थिक अवस्था सुधारिनेछ। घर–परिवारको साथ पाइनेछ, स्वास्थ्यमा सामान्य सावधानी आवश्यक।
मिथुन – योजनामा कमजोरी आउन सक्छ, तर बुद्धि र चातुर्यले पार लगाइनेछ। मित्रको सहयोग मिल्नेछ, यात्रा लाभदायी हुन सक्छ।
कर्कट – पारिवारिक आत्मीयता बढ्नेछ। काममा ढिलाइ भए पनि धैर्य राख्नाले फल पाइनेछ। विश्राम लिनुहोस्, मानसिक थकान घट्छ।
सिंह – नेतृत्व क्षमताले सफलता दिलाउनेछ। अहंकार त्यागी मिलेर काम गर्दा लाभ हुनेछ। आर्थिक लाभको सम्भावना छ।
कन्या – सूक्ष्म काममा ध्यान दिनुहोला। दस्तावेज र विवरणमा सतर्क रहनु आवश्यक छ। पाचनमा समस्या हुनसक्छ।
तुला – सन्तुलन मिलाएर काम गर्नुहोस्।
साझेदारी र नयाँ सञ्जाल लाभदायी हुनेछन्। रमाइलो र सौन्दर्यमा रुचि बढ्नेछ।
वृश्चिक – गोप्य काम र जिम्मेवारी बढ्नेछ। विरोधीको चालमा सजग रहनुहोला। अनावश्यक खर्चबाट बच्नुपर्छ।
धनु – साहस र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्न अनुकूल छ। अध्ययन, धर्म र यात्रामा रुचि बढ्नेछ।
मकर – जिम्मेवारी र कामको चाप बढ्नेछ। योजनाबद्ध भएर अघि बढे सफलता पाइनेछ। स्वास्थ्य र खर्चमा ध्यान दिनुहोस्।
कुम्भ – नयाँ पहल र मित्रको सहयोगले उत्साह बढ्नेछ। समय व्यवस्थापनमा सतर्क रहनुहोस्, खर्चमा सोचबिचार गर्नुहोस्।
मीन – भावनात्मक संवेदनशीलता बढ्नेछ। सम्बन्धमा आत्मीयता रहनेछ। व्यवहारिक काम र सम्झौतामा ध्यान दिनुहोला।





