Advertisement
Advertisement
Advertisement

उज्यालो युवा क्लबद्वारा दार्मा गाउँपालिकामा प्रस्ताव तथा प्रतिवेदन पेस

सल्यानको दार्मा गाउँपालिका–५ बछेलाबाट सञ्चालित उज्यालो युवा क्लब

Advertisement
ले सामूहिक छलफलमार्फत तयार पारेको साझा प्रस्ताव बिहीबार गाउँपालिकामा पेस गरेको छ। क्लबका अध्यक्ष दिपेश खड्का र सचिव घनराज खड्काले प्रस्ताव प्रशासन शाखा तथा शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाएका हुन्। सो अवसरमा लेखा संयोजक नवीन खड्का र क्लब व्यवस्थापन सिमित अध्यक्ष रामचन्द्र खड्का पनि उपस्थित थिए।

क्लबका सचिव घनराज खड्काका अनुसार असोज ७ गते भएको भौतिक भेला तथा अनलाइन छलफलबाट सबै सदस्यको सुझाव संकलन गरी प्रस्ताव तयार गरिएको हो। उनले साझा छलफलमार्फत तयार गरिएको प्रस्तावलाई केवल कागजमा सीमित नराखी कार्यान्वयनमा ल्याउन आग्रह गर्दै, पूरा नभए थप पहल र दबाब दिने चेतावनी समेत दिएका छन्।

प्रशासकीय प्रमुख रेशम ओलिले प्रस्ताव बुझ्दै क्लबको उद्देश्यअनुरूप लोभउन्मुख कला तथा संस्कृति जगेर्ना सम्बन्धी कार्यक्रममा तत्काल समन्वय गर्ने प्रतिवद्धता जनाए। त्यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मोद केसीले गाउँमा यति बेला बढ्दो युवापुस्ताको फस्टेशनबीच समाज सुधारमुखी अभियानमा लागेको देख्दा खुशी लागेको उल्लेख गर्दै, बजेट सीमित भए पनि क्लबको प्रस्तावलाई क्रमिक रूपमा कार्यान्वयन गरिने बताए।

प्रस्तावमा समेटिएका मुख्य बुँदाहरू:
१. लोभउन्मुख कला तथा संस्कृतिको जगेर्ना
२. जनचेतनामूलक कार्यक्रम सञ्चालन
३. खेलकुदको प्रवर्द्धन
४. वातावरण संरक्षण
५. पशु तथा कृषि प्रवर्द्धन
६. योजना निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता
७. विद्युतिकरण विस्तार
८. विद्युतिय उपकरणको पहुँच
९. सञ्चार सुविधा विस्तार
१०. स्वास्थ्य सेवा सुधार
११. सार्वजनिक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप र पहुँच नियुक्ति अन्त्य
१२. सुशासनका लागि भ्रष्टाचार नियन्त्रण र आयोग गठन
१३. यातायात र ग्रामीण सडक सुधार
१४. बेरोजगार तथ्यांक संकलनमा पहल

क्लब र गाउँपालिका प्रशासन शाखा तथा शिक्षा, युवा तथा खेलकुद शाखाबीच यी प्रस्तावलाई तत्काल कार्यान्वयन गर्ने सहमति भएको क्लबले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *