Advertisement
Advertisement
Advertisement

रुकुम पश्चिमका ७,७९१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी राजु के.सी.को पहलमा रुकुम (पश्चिम) जिल्लाका ग्रामीण क्षेत्रका ९१ विद्यालयका ७,७९१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
भाद्र १६ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन भएको कार्यक्रममार्फत कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई २९,३९७ थान कपी र ७,७९१ थान कलम वितरण गरिएको हो।
माध्यमिक विद्यालयका १,५९९ जना कक्षा १० का विद्यार्थी, १,५८६ जना कक्षा ९ का विद्यार्थी, ४,४५७ जना आधारभूत तहका विद्यार्थी र कक्षा ११ तथा १२ का १४९ जना विद्यार्थीलाई सामाग्री प्रदान गरिएको थियो।
वितरण कार्यक्रम सानीभेरी गाउँपालिका–९ हाँसीबाङबाट भाद्र १६ गते सुरु भई असोज ६ गते विजयश्वरी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुकुम पश्चिमको समन्वयमा तथा समाजसेवी, व्यवसायी तथा नेपाली कांग्रेसका नेता राजु के.सी.को प्रायोजनमा कार्यक्रम सम्पन्न भएको संयोजक दिपेन्द्र राज कुसारीले जानकारी दिए।
कार्यक्रम सफल पार्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिम , वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सामग्री वितरण समिति तथा सम्पूर्ण सहयोगीप्रति उनले हृदयदेखि नै आभार व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *