Advertisement
Advertisement
Advertisement

राप्ती मालबाहक यातायात सेवा प्रा. लि द्वारा तुलसीपुर उपमहानगरलाई भौतिक सामाग्री सहयोग

राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको छ । गत भदौ २४ गते जेन जि प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी हुँदा दुई वटा भवन पूर्ण रूपमा क्षति भएका थिए । सो क्रममा भवनसँगै कार्यालयमा रहेका सामग्री जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो ।
त्यही कठिनाइलाई मध्यनजर गर्दै संस्थाले आज उपमहानगरपालिकालाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो । अफिस टेबल १ थान, दराज १ थान, अफिस कुर्सी १ थान, प्लास्टिक कुर्सी १० थान र फायर फाइटर २ थान उपलब्ध गराइएको प्राली का अध्यक्ष भुवन भुसालले जानकारी दिनुभयो । सामाग्री हस्तान्तरण गर्दै उहाँले जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग पनि गर्नुभयो ।

Advertisement

सहयोग सामग्री बुझ्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सहयोगप्रति आभार व्यक्त गर्दै आगो लाग्दा कार्यालयका संरचना मात्र नभई काम गर्ने वातावरण नै नष्ट भएको थियो र यस्तो कठिन घडीमा राप्ती मालबाहक जस्ता संस्थाले देखाएको सहयोगले सेवा प्रवाहलाई सहज बनाउन ठूलो टेवा पुर्‍याएको बताउनुभयो । यसले समुदाय र संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउने बिश्वास व्यक्त गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे , राप्ती मालबाहक यातायातका बिपत ब्यबस्थापन संयोजक लाल बहादुर के सी , उपमहानगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *