नेपाल घरेलु तथा साना उद्योग महासंघ र तुलसीपुर फेन्सी व्यवसायी समितीबीच तुलसीपुरमा आयोजना हुने आगामी महोत्सवका विषयमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा तुलसीपुर फेन्सी व्यवसायी समितीका अध्यक्ष नरेश कुमार डाँगीसहित फेन्सी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी व्यवसायीहरूले महोत्सवको मिति अलि अगाडि परेको भन्दै केही समय पछाडि सारिदिन आग्रह गरेका छन्। उनीहरुले अहिले जाडो सिजन भर्खरै सुरु भएको र तुलसीपुर उपमहानगरपालिकाले अनुमतीका लागी सिफारिस गरेको मङ्सिर ११ गतेदेखि २८ गतेसम्मको मिति व्यवसायिक हिसाबले अनुकूल नहुने बताएका हुन्। व्यवसायीहरूले सो अवधिमा बजारको व्यापारमा नकारात्मक असर पर्ने भन्दै महोत्सवको मिति पुनर्विचार गर्न समेत माग गरेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष महोत्सव सञ्चालनका लागि अनुमति दिएपछि स्थानीय उद्यमि ब्यबसायी र सरोकारवालाहरु संग छलफल र सुझाव संकलन गरिएको जानकारी दिनुभयो। उहाँले फेन्सी व्यवसायीहरूसँगको छलफल सकारात्मक भएको भन्दै सबै पक्षसँग समन्वय गरी अगाडी बड्ने बताउनुभयो ।



