Advertisement
Advertisement
Advertisement

जिल्ला स्तरीय मुटकोट प्रतियोगितामा ज्ञान ज्योति प्रथम

 स्वर्गीय पशुपति हमालको स्मृतिमा आयोजना गरिएको दाङ जिल्ला स्तरीय प्रथम अन्तर विद्यालय मुटकोट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयका कानुन संकायका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र दोस्रो स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा सन्देश घर्ती मगर, सिता ओली र दिया के.सी.को समूहले प्रथम स्थान हासिल गरेको छ भने प्रमोद के.सी., साधना अधिकारी र पुष्पा ओलीको समूहले द्वितीय स्थान प्राप्त गरेका छन्।
त्यस्तै प्रतियोगिताभरि प्रभावशाली तर्क, स्पष्ट अभिव्यक्ति र आत्मविश्वासपूर्ण प्रस्तुतीकरणका कारण सन्देश घर्ती मगर ‘उत्कृष्ट वक्ता’ घोषित भएका छन्। स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफी , प्रमाणपत्र र नगद प्राप्त गरेका छन ।
सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले प्रतियोगितालाई शैक्षिक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *