Advertisement
Advertisement
Advertisement

तुलसीपुरमा करिब एक करोड लगानीमा केल्मी नेपाल शाखाको सोरुम सञ्चालनमा

Advertisement

तुलसीपुर उपमहानगरपालिका–५ बाहिनी चोकदेखि पूर्वतर्फ करिब १ करोड रुपैयाँको संयुक्त लगानीमा केल्मी नेपाल शाखाको सोरुम सञ्चालनमा आएको छ।

सन्दिप बिक्रम राणा र प्रमोद बिक्रम राणाको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको शाखाको उद्घाटन नाग पञ्चमीको अवसर पारेर एक औपचारिक कार्यक्रमका बीच सन्दिप बिक्रम राणाकी छोरी सिभान्सी राणाले गरेकी हुन्।

राणा परिवारले विगत करिब ८ वर्षदेखि बाहिनी चोकमै डि प्लस मेन्सवियर सञ्चालन गर्दै आएका थिए । व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले नयाँ व्यवस्थापन र नयाँ ब्रान्डका साथ केल्मी नेपाल शाखाको सोरुम सञ्चालनमा ल्याएका छन।

शाखाको सोरुम मार्फत ग्राहकलाई गुणस्तरीय तथा ब्रान्डेड कपडा तथा अन्य सामग्री उपलब्ध गराउने लक्ष्य लिइएको सञ्चालक राणाले बताएका छन्।

नयाँ शाखा सञ्चालनसँगै व्यवसायलाई आधुनिक व्यवस्थापन, गुणस्तरीय सेवा र ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढाउने सञ्चालकहरूको योजना रहेको छ। तुलसीपुरको व्यापारिक क्षेत्रमा नयाँ ब्रान्डको आगमनले स्थानीय बजारमा थप व्यावसायिक प्रतिस्पर्धा र रोजगारीका अवसर समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।

शाखा उद्घाटन कार्यक्रममा तुलसीपुरका प्रतिष्ठित विभिन्न सामाजिक तथा व्यावसायिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित तुलसीपुरका प्रतिष्ठित विभिन्न सामाजिक तथा व्यावसायिक व्यक्तित्व वीरबहादुर भण्डारी ‘मोहन’ले नयाँ शाखाको सफलताको शुभकामना दिँदै व्यवसायलाई ग्राहकको विश्वास, गुणस्तरीय सेवा र व्यावसायिक अनुशासनका साथ अगाडि बढाउन सुझाव दिएका थिए।

तुलसीपुरको बजार क्षेत्रमा पछिल्लो समय नयाँ व्यवसाय तथा ब्रान्डेड आउटलेट थपिने क्रम बढिरहेको अवस्थामा करिब एक करोड रुपैयाँको लगानीमा केल्मी नेपाल शाखा सोरुम सञ्चालनमा आउनुलाई स्थानीय व्यवसायिक क्षेत्रको विस्तारका रूपमा हेरिएको छ। शाखाले तुलसीपुर तथा आसपासका मानिसहरुलाई सहज रूपमा ब्रान्डेड कपडा तथा अन्य सामग्री उपलब्ध गराउने विश्वास समेत लिइएको भन्डारीले बनाउनु भएको छ ।

नयाँ लगानी, नयाँ व्यवस्थापन र नयाँ उत्साहका साथ सञ्चालनमा आएको केल्मी नेपाल शाखाको सोरुमले तुलसीपुरको व्यापारिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने समेत उपस्थित अतिथिहरुले अपेक्षा गरिएको छ।L

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *